मधुमेह र उच्चरक्तचापको बिरामीलाई आर्थिक सहयोग गर्ने

काठमाडौँ, १३ चैत । टोखा नगरपालिकाले लक्षित वर्गका दीर्घरोगीहरुलाई औषधी सेवन गर्नेका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ ।

५० वर्षभन्दा माथिका नागरिक मध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, अतिसिमान्तकृत लोपोन्मुख जनजातिलाई आर्थिक सहयोग गर्नका लागि सूचना प्रकाशन गरेको हो ।नगरपालिकाले उक्त रक्तचाप र मधेमेह रोगको औषधी सेव गरिरहेका नागरिकका लागि पनि आर्थिक सहयोग गर्ने गरी नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले सम्बन्धित वडाको सिफारिससहित सोही वडाको स्वास्थ्य संस्थामा नाम सूचिकृत गर्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । आर्थिका सहयोग लिनका लागि लक्षित व्यक्तिले नागरिकताको फोटोकपि, टोखा नगरपालिकाको स्थायी बसोबास गर्ने कागजात, चिकित्स्को आधिकारिक पेस्किप्शन, औषधी खरिद सम्बन्धि आधिकारिक वील, सम्बन्धित सरोकारवालाको बैंक खाता रहेको चेकको फोटोकपी लगायतका कागजात समावेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन