लक्ष्यभन्दा ८० हजार बढीले लगाए दादुरा रुवेलाविरुद्धको खोप

काठमाडौँ, ९ चैत । दादुरा रुवेला खोप अभियान २०८० अन्तर्गत सरकारको लक्षभन्दा ८० हजार बढी बालबालिकाले खोप लगाएका छन् । २०८० फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गरिएको खोप कार्यक्रममा ५९ लाख ७६ हजार २५९ जनाले खोप लगाएका हुन् ।

सरकारले खोप लगाउने उमेर समूहको संख्या ५८ लाख ९५ हजार ५५३ रहेको अनुमान गरेको थियो । स्वास्थ्य सेवा विभग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार खोप लिनेमा ९ महिनादेखि ५ वर्षसम्मका शिशु २१ लाख ५० हजार ७४८ छन् । ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिका ३७ लाख ६ हजार ६८० छन् ।

अभियानअन्तर्गत तराइका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका र अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप दिइएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेटवार्ता गरेका छन् ।  आज राष्ट्रपतिको

काठमाडौँ, ५ मंसिर । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । आज

काठमाडौँ, ५ मंसिर । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको काठमाडौंको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति

काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि