जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट: अध्यक्ष ओली

काठमाडौँ, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । 

आज नेकपा (एमाले) बागमती प्रदेशले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताए । 

उनले भने, “देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ । पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन् ।”

पार्टीले जिल्ला–जिल्लामा भेला र प्रशिक्षण आयोजना गर्ने तथा ती भेला र प्रशिक्षण नै परीक्षाको रूपमा रहने भन्दै उनले देश र पार्टी बनाउन एमालेका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । संखुवासभाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अवस्था

काठमाडौँ, ४ चैत । फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्याली कार्यक्रम भव्य

बागलुङ, ४ चैत । मध्यपहाडी राजमार्गमा बुधबार भएको जिप दुर्घटनामा सात जना घाइते भएका छन् । बागलुङको गल्कोटदेखि सदरमुकाम आउँदै गरेको

काठमाडौँ, ४ चैत । झापाबाटलागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ