होर्मुज खुलाउन कसैको मद्दत चाहिँदैन : ट्रम्प

एजेन्सी, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरू र नेटोबाट सहयोग नपाएपछि आफूलाई कसैको मद्दत आवश्यक नरहेको बताएका छन् ।

नेटो र अन्य सहयोगीहरूले हर्मुज जलमार्गलाई सैन्य माध्यमबाट खुलाउन अमेरिकालाई सहयोग गर्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए ।

ह्वाइट हाउसको ओभल अफिसमा आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनलाई स्वागत गर्दै ट्रम्पले पत्रकारहरूसँग भने, “मलाई लाग्छ नेटोले निकै ठूलो मूर्खतापूर्ण गल्ती गरिरहेको छ । नेटो हाम्रो लागि खडा हुन्छ कि हुँदैन भनेर मैले लामो समयदेखि भन्दै आएको जस्तो अहिले म अचम्ममा परेको छु । त्यसैले यो एउटा ठूलो परीक्षा थियो ।”

ट्रम्पले इरानविरुद्ध वासिङ्टन एक्लै अघि बढ्न तयार रहेको कुरामा जोड दिए । उनले नेटोका सहयोगीहरू पनि इरानको आणविक कार्यक्रमको सामना गर्नुपर्ने कुरामा सहमत रहेको बताए । “हामीलाई धेरै मद्दत चाहिँदैन । हामीलाई कुनै पनि मद्दत चाहिँदैन,” ट्रम्पले भने ।

बैठकको केही मिनेटअघि ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा एक लामो पोस्ट गर्दै इरान युद्धमा अमेरिकी सेनालाई अब सैन्य सहयोगको आवश्यकता नरहेको बताएका थिए ।

दुई दिनअघि ट्रम्पले धेरै देशहरूसँग मद्दत मागेका भए । चीन, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, जापान, पोल्यान्ड लगायतका थुप्रै देशहरूले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेका थिए । युरोपेली संघकी विदेश नीति प्रमुख काया क्लासले एक अन्तर्वार्तामा जलमार्गको रक्षाका लागि कुनै पनि देश आफ्ना नागरिकको जीवन जोखिममा पार्न तयार नभएको बताएकी थिइन् ।

क्लासले भनिन्, “हामीले यसलाई खुला राख्नका लागि कूटनीतिक तरिका खोज्नुपर्छ, ताकि हाम्रो सामु खाद्य संकट, मल संकट र साथै ऊर्जा संकट नआओस् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण