मधेसवादी दलहरूले जनताका निम्ति काम गर्न सकेनन् : अध्यक्ष लिङ्देन

बारा, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्त्वपूर्ण काम गर्न नसकेको बताएका छन्  । 

बुधबार बाराको निजगढमा भएको बृहत् आमसभालाई सम्बोधन गर्दै  अध्यक्ष लिङ्देनले सङ्घीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट मात्रै ४७ जना नेताहरू मन्त्री भइसके पनि जनताले कुनै सुविधा नपाएको टिप्पणी गरे ।  मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नगरेको भन्दै लिङ्देनले जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने बताए । 

लिङ्देनले भने, ‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन् । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी