मधेसवादी दलहरूले जनताका निम्ति काम गर्न सकेनन् : अध्यक्ष लिङ्देन

बारा, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्त्वपूर्ण काम गर्न नसकेको बताएका छन्  । 

बुधबार बाराको निजगढमा भएको बृहत् आमसभालाई सम्बोधन गर्दै  अध्यक्ष लिङ्देनले सङ्घीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट मात्रै ४७ जना नेताहरू मन्त्री भइसके पनि जनताले कुनै सुविधा नपाएको टिप्पणी गरे ।  मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नगरेको भन्दै लिङ्देनले जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने बताए । 

लिङ्देनले भने, ‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन् । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या

हुम्ला, ३ माघ । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण