संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको छ : सांसद चौधरी

काठमाडौँ, ५ चैत । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको बताइएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल संस्कृत विश्वविद्यालयको नाममा सालभौडी, लमही लगायतका स्थानमा लुट मच्चाइएको आरोप लगाए ।

उनले भने, “नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको छ,” “दशकौँदेखि किसानहरू नेपाल संस्कृत विश्वविद्यालयका कारण मुद्दा खेपिरहनुभएको छ । किसानहरूले हैरानी भोगिरहनुभएको छ ।” 

उनले छुट्टै विधेयक ल्याएर किसानलाई न्याय दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ