काठमाडौँ, ३ चैत । खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई युरिक एसिड भएको भनिन्छ । युरिक एसिडको मात्रा अत्याधिक भएमा खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र शरीरको स-साना जोर्नीमा असर गर्छ । बेलैमा रोग पत्ता लाएर उपचार नगरे शरीरमा बडेको युरिक एसिड जोर्नी बाहेक मृगौला र शरीरका अन्य भागमा जमेर बसिदिन्छ र अरु समस्याहरु देखापर्ने गर्छन् ।
यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।
अस्वस्थ्यकर खाना खाने, अत्याधिक मोटोपन भएका ब्यक्तिहरु, धेरै जाडरक्सिको सेवन गर्ने ब्यक्तिहरु, शारीरिक अभ्यास नगर्नेहरु, धेरै व्रत बस्नेहरु, चिनी रोगका बिरामीहरु, रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी र मृगौलाको औषधी सेवन गरिरहेकाहरुमा यो रोगको जोखिम उच्च रहेको पाइएको छ । विशेषगरी वयस्क महिलाहरुको दाजोमा पुरुषमा यो रोग १० गुणाबढी हुनेगरेको पाइएको छ र महिनावारी बन्द भैसकेका महिलामा पनि यो रोगको सम्भावना बढी हुन्छ ।
के नखाने :
– रातो मासु, आन्द्राभुँडी, मुटु-कलेजो जसमा युरिक एसिड अत्यधिक मात्रामा हुन्छ
– गेडाँगुडीँ, च्याउँ, काउँली, ब्रोकाउँली, कुरिलो, पालुंगोको तरकारी
– मिठाई, सफ्ट ड्रिंक्स, आँप तथा अंगुरको जुस र अरू कृत्रिम जुसहरू
– रक्सीजन्य पदार्थहरू
के खाने :
– गोलभेँडा, लसुन, प्याज, अमिला चिजहरू जस्तै: कागती, सुन्तला, दही
– स्याउ, केरा, कफि, ग्रीन टी
– अन्डा – जो प्रोटिनयुक्त खानेकुरा भएपनि युरिक एसिड बढाउँदैन
– प्रशस्त पानी पिउने र नियमित व्यायामगरी शरीरको मोटोपन घटाउने
हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा ३ देखि ७ मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ जो हाम्रो शरीरका लागि आवश्यक छ । जब युरिक एसिडको मात्रा ७ भन्दाबढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ ।
कसरी बच्ने ?
खाना पकाउँदा वटर वा भेजिटेबल आयलको सट्टा ओलिभ -जैतुन)को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन । यो मुटुको लागि पनि लाभदायक मानिन्छ ।
शरीरमा युरिक एसिडको मात्रालाई कम गर्न दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर यो समस्याबाट बच्न सकिन्छ । नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ ।
आर्थराइटिस र युुरिक एसिडको समस्या ज्वानोको प्रयोग प्रभावकारी मानिन्छ । ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले दुखाई कम गन मद्दत गर्छ । यसमा एन्टीसेप्टीक गुण पनि हुने भएकोले यो समस्यामा ज्वानोको प्रयोग द्धारा प्राकृतिक उपचार गरिन्छ । रातो मिला मिर्च, खुर्सानी, टमाटर, व्लुबेरी आदीमा एन्टीअक्सिडेन्ट भिटामिन भरपूर मात्रामा हुन्छ ।
स्याउको रसले रगतको पीएच लेभललाई बढाएर युरिक एसिडको स्तरलाई कम गर्न मद्दत गर्छ । तर त्यसको लागि प्रयोग गरिने स्याउको रस काचै र पानी नमिसाएकै हुनु पर्छ । शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटले यसलाई झनै प्रभावित पार्दछ । त्यसैले, शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा केक, पेस्ट्री, कुकिज जस्ता स्याचुरेटेड तथा ट्रान्स फ्याटयुक्त खाद्य पदार्थ खानबाट बच्नु पर्छ । त्यस्तै, मदिराको सेवन गर्नबाट पनि बच्नुपर्छ ।
कतिपय अवस्थामा डब्बामा राखिएको खानेकुराले पनि युरिक एसिडको समस्यालाइ प्रभावित पार्न सक्छ । त्यसैले, यस्ता खानेकुरालाई वर्जित गरेर पनि यो युरिक एसिडको समस्या जटिल हुनबाट बच्न सकिन्छ । यसबाहेक, माछा तथा मासुको सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी रेड मिट तथा सारडिनेस, म्याकिरिल नामक माछामा प्रोटिनको मात्रा उच्च हुन्छ । र, यसको हल्कामात्र सेवनले पनि युरिक एसिड बढ्न सक्छ ।