दादुरा-रुबेलाविरुद्धको खोप २० लाख बालबालिकाले लगाए

काठमाडौँ, २४ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनानुसार करिब ३४ प्रतिशतले खोप लगाएका छन् ।

३१ जिल्लाबाट अझै रिपोर्ट प्राप्त भएको छैन भने हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खर मात्रै अभियान सञ्चालन गरेका छन् । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आउँदो चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चीन, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा

काठमाडौँ, २० मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।   Exchange Rate for December

काठमाडौँ, २० मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान

काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै