धरान, २७ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ ।
आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक/कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए ।