काठमाडौँ, २५ माघ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा बयान दिएका छन् ।
आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ । सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा महराले डेढ घण्टा बयान दिएर फर्केका छन् । बिहीबार बयान दिन पुगेको भवनमा उनी गृहमन्त्री भएर काम गरेका थिए । आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका छन् ।
सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरुसँग बताएका थिए ।