एकै गाउँमा १३० जनामा भाइरल ज्वरो, एकजनाको मृत्यु

मकवानपुर, २३ माघ । मकवानपुरको एकै गाउँमा भारइल ज्वरोका कारण १३० जना बिरामी भएका छन् ।

राक्सिराङ गाउँपालिका–९, टर्लिङमा पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । सोमबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

ज्वरोका कारण गएको शुक्रबार टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालले जानकारी दिए । नगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा