यो वर्षको अन्तिमदेखि एचपीभी खोप दिने सरकारको तयारी 

काठमाडौँ, २१ माघ । सरकारले सन् २०२४ को अन्तिमदेखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपीभी खोप दिने तयारी गरेको छ ।

गएको भदौदेखि ‘डेमोस्ट्रेसन’ कार्यक्रमका रूपमा सुरु गरिएको पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’विरुद्धको खोप अब लक्षित उमेरका सबैलाई दिन लागिएको हो । नियमित खोप तालिकामा समेटेर १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई सो खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ ।

भदौ २७ गतेदेखि झन्डै १५ दिनसम्म सञ्चालन गरिएको एचपीभी खोपको कार्यक्रममा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई सो खोप दिइएको थियो । त्यसअन्तर्गत नौ हजार ९८० जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाको तथ्यांक छ ।

पहिलो डोज लगाएकालाई दोस्रो मात्रा आउँदो फागुन अन्तिमदेखि चैतसम्म दिने सरकारको तयारी छ । आउँदो वर्ष भने अभियान सञ्चालन गरी १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई खोप दिने खोप शाखाको तयारी छ । राष्ट्रिय खोप सल्लाहकार समितिको तथ्यांकमा यो उमेर समूहका बालिका/किशोरीको संख्या १६ लाख ८८ हजार ७६८ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको