म दास बन्न सक्दिनँ

हिजो पञ्चायतको विरोध गर्न सिकायाै

आज उही पञ्चायतकाे पक्षमा वकालत गरिरहेछाै

किन प्यारो लागिरहेछ फेरि तिमीलाई पञ्चायत?

हिजाे वहुदल ल्याउन सिकायाै

आज बहुदलकै विरोधी फेरि तिमीलाई किन प्यारो लागिरहेछ महासय?

हिजो गणतन्त्र ल्याउन सिकायाै

आज उही गणतन्त्र विरोधी नै प्यारो लागिरहेछ तिमीलाई

हिजाे हुकुमी शासन विरुद्ध लड्न सिकायाै

आज तिमी फेरि उहीँ हुकुमी शासक राम्राे भन्दै कुर्लिरहेछाै

तिमीले जे जे भन्याै त्यही मान्ने दास बनायाै

महासय

अब म दास बन्न सक्दिन

आज तिम्रो पार्टी स्थापना दिवस

फेरि किन मैले मनाइरहनु पर्ने ?

तिमी फेरि मलाई हुकुम दिन आएका छाै

 कान खाेलेर सुन महासय

अब म तिम्राे दास बन्न सक्दिन

अति भो महासय

तिमी फेरि हुकुमी शासक बनेर

मैमाथि बुट बजार्ने खेल खेल्दैछाै

मैले कहिले सम्म तिम्रो पाउ ढाेग्नु पर्ने

भन म कहिलेसम्म दास बनुँ ?

महासय

अब म तिम्राे दास बन्न सक्दिनँ ।।

राम चन्द्र प्रजापति

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ