म दास बन्न सक्दिनँ

हिजो पञ्चायतको विरोध गर्न सिकायाै

आज उही पञ्चायतकाे पक्षमा वकालत गरिरहेछाै

किन प्यारो लागिरहेछ फेरि तिमीलाई पञ्चायत?

हिजाे वहुदल ल्याउन सिकायाै

आज बहुदलकै विरोधी फेरि तिमीलाई किन प्यारो लागिरहेछ महासय?

हिजो गणतन्त्र ल्याउन सिकायाै

आज उही गणतन्त्र विरोधी नै प्यारो लागिरहेछ तिमीलाई

हिजाे हुकुमी शासन विरुद्ध लड्न सिकायाै

आज तिमी फेरि उहीँ हुकुमी शासक राम्राे भन्दै कुर्लिरहेछाै

तिमीले जे जे भन्याै त्यही मान्ने दास बनायाै

महासय

अब म दास बन्न सक्दिन

आज तिम्रो पार्टी स्थापना दिवस

फेरि किन मैले मनाइरहनु पर्ने ?

तिमी फेरि मलाई हुकुम दिन आएका छाै

 कान खाेलेर सुन महासय

अब म तिम्राे दास बन्न सक्दिन

अति भो महासय

तिमी फेरि हुकुमी शासक बनेर

मैमाथि बुट बजार्ने खेल खेल्दैछाै

मैले कहिले सम्म तिम्रो पाउ ढाेग्नु पर्ने

भन म कहिलेसम्म दास बनुँ ?

महासय

अब म तिम्राे दास बन्न सक्दिनँ ।।

राम चन्द्र प्रजापति

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको