हिटर प्रयोग गर्दा कसरी सावधानी अपनाउने ?

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको हो ।

जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने गरिन्छ । न्यानोका लागि यी बस्तुहरू प्रयोग गर्ने गरिएपनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन् ।

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने,

– सकेसम्म  कोइलाजन्य स्रोतबाट आगो नताप्ने,

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने

– आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउने,

– हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने,

– सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने,

– गिजरको मुख्य मेसिनलाई बाथरूमबाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल