‘हाम्रो दोषी चस्मा’

पृथ्वी नारायण शाहलाई राजा मात्र मान्नु भन्दा त्यस भन्दा माथिका राष्ट्र निर्माता मानी सम्मान गर्नु पर्दछ । उनी जर्मनीका विस्मार्क, टर्कीका आटाटर्क, चीनका सनयात सेन, साउथ अमेरिकाका सिमोन वोलीभार, प्राचीन भारतका सम्राट अशोक जस्तै राष्ट्र निर्माता हुन् । गोरखाका राजा पृथ्वी नारायण शाहले तत्कालीन नेपालमाथि विजय गरेपछि नेपाललाई नै राज्य मानी यहांका नेवारहरू कै कुल देवता मानि त्यसकै संरक्षण गरि राज्य चलाउने व्यबस्था गरेको पाईन्छ । गोरखाका शाह बंशीय राजाहरूका कुल देवता स्यांजाको आलमदेवी हुन् जहाँ मगर पूजारी छन् भने सुंगुरको भोग दिइन्छ । गोरखनाथ त संरंक्षक वा शक्तिपीठ मात्र हुन् । झण्डै ३०० बर्ष अघि पनि अरूको राज्यमाथि विजय हासिल गरेपछि पनि बिरोधिका सालिक ढालेनन् उल्टै सुनको जलप लगाई संरक्षण गरेबाट पनि राज्य विस्तार नभै एकीकरण नै भएको पुष्टी हुन्छ । आक्रमण अघि कतिपय ठाउमा एकिरणमा आउन वा युद्दकालागि तयारी हुन पत्राचार भएको पाइन्छ ।

नेपाली भेषको कुरा गर्दा तत्कालीन लबेदा सुरूवालमा नेवारी, तामाड़, मगर, गुरूड़, राई, लिम्बू, मैथिली सबैको मिश्रणबाट अहिलेको राष्टिय पोषाक बनेको देखिन्छ । साथै नेपाली खानाको कुरा गर्दा दाल, भात, गुन्द्रुक, ढिडो, तरकारी र अचार पनि एउटै जाति बिशेसका नभै विभिन्न जनजातिको खानाहरू मिसाएर बनाइएको देखिन्छ । त्यस्तै भाषाको कुरा गर्दा नेपाली भाषाको जननी भनिने डोटेल र सिंजाली भाषा हामी सबै नेपालीले बुझ्दैनौ । त्यसमा संकृति, मैथिली, भोजपुरी, नेवारी, किरात र लिम्बू लगायतका अन्य भाषा मिलि अहिलेको समृद्ध र साझा भाषा बनेको हो । हामीले यहि माध्यमबाट यस भाषाको प्रशंसा तथा आलोलना गर्न पाएका छौं ।

हामीले जे कुरालाई पनि दोषी चस्माबाट हेरि हाम्रा साझा भेषभूषा, भाषा, खाना जस्ता साझा पहिचान माथि आक्रमण नगरौ । सकारात्मक सोचकासाथ अघि बढौ । राष्टिय एकतालाई थप मज़बूत बनाऔं ।

तेजबहादुर ढकाल
काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा

काठमाडौँ, ९ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । हरेक वर्ष

काठमाडौँ, ९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले

काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधीक कृयाकलापमा संलग्नहरु कार्वाहीको दायरा आउने