‘पख्लास्’

राम चन्द्र प्रजापति

ऐ पूँजीवादका पक्षपाेषक,

तिमी पूँजीवादकाे संरक्षण गरेर कहिलेसम्म भन्छाै ?

याे क्रान्ति किसान मजदुरका लागि हाे भनि ?

लामाे समयदेखि गरेर सत्ता कब्जा ,

आफ्ना हरेक क्रियाकलापमा निम्ता दिइरहेछाै,

मोबाइल एसएमएस फोन, भाइबर मेसेन्जर अनि फेसबुक ट्याग, इन्स्ट्राग्राम, इमेलबाट,

निम्ताका चाङगै चाङ्ग उही पूँजिपति नव धनाध्यलाई ।

मै किसानकाे बेचेर नारा,

सत्तामा पुगेकाे तिमी वन्चित गरेर,

निम्ताे सुरक्षा दिइरहेछाै,

उहीँ सामन्त र नव धनाध्यहरूलाई ।

भयाे चाहिदैन तिम्राे निम्ताे,

चाहिँदैन तिम्राे सत्ता,

कुल्चेर मैलाई फेरि आउँलास्,

मेरै आँगनमा मेरै मुद्दा उठाएर,

त्यतिबेला म पनि त देखाइदिनेछु,

मेराे मतकाे शक्ति । पख्लास् ।।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको

काठमाडौँ, २८ माघ । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ ।

काठमाडौँ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महशुस हुन थालेको बताएका छन्