ठन्डीमा पनि डेंगु संक्रमण पुष्टी

काठमाडौँ, १३ पौष । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा तीन दिनको अन्तरालमा एकदेखि दुईजना बिरामीमा डेंगी संक्रमण पुष्टी भएको छ ।

यता वीर, टिचिङलगायत अस्पतालमा पनि फाट्टफुट्ट डेंगु का केस देखिइरहेका छन् । काठमाडौँको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री  सेल्सियसबीचमा रहँदा डेंगी सार्ने लामखुट्टे अझै किन सक्रिय रहेको छ  । 

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्लो चार वर्षयता कुनै पनि महिना डेंगी केस शून्यमा झरेको छैन । डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजनन्का लागि १६ डिग्री सेल्सियस वा सोभन्दा माथिको तापक्रम उपयुक्त हुने किटजन्य रोग विशेषज्ञ उक्तम प्याकुरेल बताउँछन् ।  

जाडोयाममा पनि लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त पनि लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको