नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ: मन्त्री साउद

काठमाडौँ, ४ पौष । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सार्वजनिक गरेको एसिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए । 

नेपालको आन्तरिक र बाह्य कारणले केही ढिलो जस्तो देखिए पनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको बताए । पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रूपमा देखिएको प्रतिवेदनले  उल्लेख गरेको भन्दै यसले गर्दा केही ढिलो हुने भन्ने आशङ्का गरे पनि सरकारको इमानदार प्रयास निरन्तर रहने साउदले बताए । 

कार्यक्रममा संयुक्त, राष्ट्रिय सङ्घ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एसिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । साथै प्रतिवेदनको निष्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताए । 

प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढङ्गले सोच्नुपर्ने अवस्था आएको आइसानेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी