काठमाडौँ, २ पौष । चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ ।
नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ । माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ ।
![](https://everestmission.com/wp-content/uploads/2023/12/image-24.png)