वीर अस्पतालमा एमबिबिएस लगायतका विषयमा अध्यापनको तयारी

काठमाडौँ, १ पौष । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ। 

न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा एमबिबिएस तथा अन्य विषय अध्यापनका लागि तयारी गरिसकेको जानकारी दिए । उनका अनुसार स्नातक तहमा अध्यापन गर्ने सम्बन्धमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा शिक्षाध्यक्ष प्राडा लोचन कार्की संयोजक छन् । समितिमा डा. अशेष ढुङ्गाना, डा. पवन हमाल, डा. सन्ध्या चापागाईं, डा. अनुपमा कार्की तथा प्रशासन र लेखा शाखाका प्रतिनिधि सदस्य छन्। समितिले पूर्वाधार, जनशक्ति, आर्थिक खर्चलगायतको विषयमा विस्तृत अध्ययन गर्ने छ । 

वीरमा एमबिबिएसलगायतका अन्य विषयमा स्नातक अध्यापन थाल्दा ७५ प्रतिशत छात्रवृत्तिमा गरिब तथा जेहेनदार विद्यार्थीले अवसर पाउने छन् । न्याम्सका उपकुलपति प्राडा बस्नेतले एमबिबिएस, नर्सिङ, फार्मेसीलगायत अध्ययन हुँदा अधिकांश विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने भएकाले तत्काल चिकित्सा शिक्षा आयोगलाई सिट निर्धारणका लागि आग्रह गर्ने बताए । समितिका संयोजक डा। कार्कीले एमबिबिएसलगायतका विषयको स्नातक तहमा अध्यापन सुरु गर्ने सम्बन्धमा विस्तृत अध्ययनका लागि गृहकार्य अगाडि बढाइसकेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट