अब ७१ वटा अस्पतालबाट सामाजिक सुरक्षा कोषको सुविधा पाइने

काठमाडौँ, २५ मंसिर । अब देशभरका ७१ वटा अस्पतालबाट सामाजिक सुरक्षा कोषको सुविधा पाइने भएको छ ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ ।  

सम्झौता भएका अस्पताल अन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्ने भएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नु नपर्ने भएको छ । 

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेस प्रदेशका १२, बागमती प्रदेशका २८, गण्डकी प्रदेशका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी कोषको प्रणालीसँग जोडिएका ७१ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन पाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर