सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण जनतामा आशा जागेको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा आशाको किरण प्रवाह भएको दाबी गरेका छन् । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै गर्दा विभिन्न खालका जटिलता भोग्नुपरेको बताए ।  आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको दाबी गरेका छन् । आगामी दिनमा भ्रष्टाचार विरुद्ध थप एकताको आवश्यकता रहेको उनले औँल्याए । 

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई प्रचलित कानुन बमोजिम परिचालन गरिरहेको उनको भनाइ थियो । यसको केही सकारात्मक परिणाम समेत हासिल भएको प्रचण्डको दाबी छ । सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर