जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ, २२ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिए ।

अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएको पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए । त्यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटोको विषयमा प्रशिक्षण दिए । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ्गले पार्टीको विधान र विधानले निर्दिष्ट गरेका सिद्धान्तका बारेमा प्रशिक्षण दिए ।

प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी करिब एक सय पच्चिस जना सहभागी रहेका थिए । पार्टीका नेताका साथै डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा, मनिकर कार्कीलगायतका विषय विज्ञहरुले पनि प्रशिक्षण दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर