विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर, २१ मंसिर । विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको हो । काठमाडौँमा मृत्यु हुनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । 

उनको उपचारको क्रममा राती मृत्यु भएको हो । विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी हिँजो विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको मृत्यु भएको थियो । मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै