विपन्न नागरिक सहुलियत उपचार सेवा लिनेमा धेरै क्यान्सरका बिरामी 

काठमाडौँ, २० मंसिर । सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा २१ हजार ५५५ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् । सहुलियतमा उपचार गरिने आठ रोगमध्ये सबैभन्दा कम अल्जाइमर्सका बिरामी ३५ जना छन् । हेमोडायलायसिस सेवा सात हजार ४४९, मुटुसम्बन्धि रोगमा ६ हजार ९३६, सीकलसेल एनिमियाका एक हजार ५६१, स्पाइनल इन्जुरीका एक हजार २३९, हेड एन्जुरीका ७६१, मिर्गौला प्रत्यारोपणका ४३२ र पार्किन्सन्स्का ७९ जना बिरामीले सेवा लिएको विभागको तथ्यांक छ । 

उक्त आर्थिक वर्षमा ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’मा सरकारले दुई अर्ब ४३ करोड ६९ लाख ४७ हजार रुपैयाँ खर्च गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३