निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १६ मंसिर । कीर्तिपुरमा काठमाडौँ मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शुक्रबार सक्रिय युवा समूह र ग्रीनभ्याली सकेण्डरी स्कुलसँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

उक्त शिविरमा सो क्षेत्रका ५६४ सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ७५ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको र ४३ जनालाई ओटी रेफर गरिएको छ ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँ पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको छ । शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूसहित स्वास्थ्यकर्मीको टोलीले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग तथा बाल रोग सम्बन्धी स्वास्थ्य जाँच हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २४ मंसिर । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ ।

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा

हेटौँडा, २४ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज