सिफारिसका आधारमा निःशुल्क उपचार गरिने

कैलाली, १३ मंसिर । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् ।

उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो ।  निःशुल्क उपचार सेवा लिने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर वडाको सिफारिसको आधारमा उपमहानगरले निःशुल्क उपचार गर्नका लागि अस्पताललाई पत्र लेखी पठाउने नगरप्रमुख गोपाल हमालले बताए । आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभए पनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने छ भने थप उपचारका लागि सिफारिस माग गर्नुपर्ने उनले जानकारी दिए । 

प्रमुख हमालका अनुसार लक्षित वर्गलाई निःशुल्क सेवा दिनका लागि अस्पतालले कूल शय्यामध्ये १० प्रतिशतमा निःशुल्क शय्या भनी लेख्नु पर्नेछ । सिफारिस लिएर आएका बिरामीलाई अस्पतालले चिकित्सक परामर्श, नर्सिङ, अक्सिजन, रेडियोलोजी, प्याथोलोजीलगायत सेवा निःशुल्क दिनुपर्ने जनाइएको छ । बिरामीको उपचारमा लाग्ने सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिनुपर्ने हमालले बताए । उनका अनुसार अस्पतालले मासिक रूपमा निःशुल्क उपचार गरेको प्रतिवेदन उपमहानगरमा पठाउने सम्झौता भएको छ । सम्झौता अनुसार उपमहानगरको सिफारिसका आधारमा धनगढीका सबै निजी अस्पतालमा यही मङ्सिर २५ गतेदेखि विपन्न, असहाय र बेवारिसे व्यक्तिको निःशुल्क उपचार गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank