सिफारिसका आधारमा निःशुल्क उपचार गरिने

कैलाली, १३ मंसिर । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् ।

उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो ।  निःशुल्क उपचार सेवा लिने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर वडाको सिफारिसको आधारमा उपमहानगरले निःशुल्क उपचार गर्नका लागि अस्पताललाई पत्र लेखी पठाउने नगरप्रमुख गोपाल हमालले बताए । आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभए पनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने छ भने थप उपचारका लागि सिफारिस माग गर्नुपर्ने उनले जानकारी दिए । 

प्रमुख हमालका अनुसार लक्षित वर्गलाई निःशुल्क सेवा दिनका लागि अस्पतालले कूल शय्यामध्ये १० प्रतिशतमा निःशुल्क शय्या भनी लेख्नु पर्नेछ । सिफारिस लिएर आएका बिरामीलाई अस्पतालले चिकित्सक परामर्श, नर्सिङ, अक्सिजन, रेडियोलोजी, प्याथोलोजीलगायत सेवा निःशुल्क दिनुपर्ने जनाइएको छ । बिरामीको उपचारमा लाग्ने सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिनुपर्ने हमालले बताए । उनका अनुसार अस्पतालले मासिक रूपमा निःशुल्क उपचार गरेको प्रतिवेदन उपमहानगरमा पठाउने सम्झौता भएको छ । सम्झौता अनुसार उपमहानगरको सिफारिसका आधारमा धनगढीका सबै निजी अस्पतालमा यही मङ्सिर २५ गतेदेखि विपन्न, असहाय र बेवारिसे व्यक्तिको निःशुल्क उपचार गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले