बेलायतमा पहिलो पटक मान्छेमा स्वाइन फ्लु भेटियो

एजेन्सी, १२ मंसिर । बेलायतका स्वास्थ्य अधिकारीहरू यति बेला मान्छेमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु कसरी सर्‍यो भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् ।

एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो । बेलायतमा कुनै मान्छेमा यसको सङ्क्रमण भेटिएको यही नै पहिलो घटना हो ।

सन् २००५ यता विश्वभर दर्जनौँ मान्छेलाई स्वाइन फ्लु भइसकेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको स्वाइन फ्लुको जिन पुराना स्ट्रेनसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका छन् ।

सास फेर्न समस्या भएपछि ती बिरामी अस्पताल जँचाउन आएका थिए । परीक्षणका क्रममा उनमा स्वाइन फ्लुको एच१एन२ स्ट्रेन भेटियो । यो भाइरसले सुँगरलाई मात्रै सङ्क्रमित बनाउने भए पनि मान्छेमा यो स्ट्रेन कसरी सर्‍यो भन्ने अज्ञात छ । अहिले ती बिरामी पूरै निको भइसकेको बताइएको छ । सङ्क्रमण कसरी सर्‍यो भन्नेबारे खोजिबिन भइरहेको छ । बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने र सङ्क्रमण फैलिन नदिन पनि काम भइरहेको बताइएको छ । जनावरमा पाइने केही रोग मान्छेलाई पनि लाग्न सक्छ । एच१एन१, एच१एन२ र एच३एन२ सुँगुरमा भेटिने केही प्रमुख भाइरस हुन् । यी स्ट्रेनबाट मानिस पनि सङ्क्रमित हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको