आत्मसमिक्षा
मेरो गाउँको मभन्दा जेठो दाई गोपाल ज्ञवाली काठमाडौँ गएर हेल्थ असिस्टेन्ट पढ्नको लागि महाराज क्याम्पसमा भर्ना हुनुभयो । मलाई पनि चिकित्सा विज्ञान लिएर पढ्ने इच्छा जागयो र त्यसको हुटहुटिले छोयो । जब मैले २०३० सालमा एसएलसी पास गरे म पनि काठमाडौँ जाने बिचार गरे निम्नमध्यम परिवारको हामीसँग भन्ने बित्तीकै पैसा कहाँ पो हुन्थ्यो र । तर पनि आमाले जसोतसो गरेर पैसाको जोहो गरिदिनु भयो र म काठमाडौँ गए । त्यति बेला गुल्मीबाट काठमाडाँै जान सजिलो थिएन । गाउँबाट आठ घण्टाको पैदल हिडाई पछि तानसेन र त्यसपछि बिचमा बास बसेर बल्ल काठमाडौँ पुगिन्थ्यो । दाई गोपाल ज्ञवालीको सम्पर्कमा म काठमाडौँ गए दुरदराज गाउँको १७ वर्षको केटो पहिलो पटक काठमाडौँमा आउँदा र यो शहर बजार देख्दा अचम्म त पक्कै लाग्यो दुखकस्टका साथ केहि दिन बसे महाराजगञ्ज क्याम्पसमा मैले चाहेको विषय पढ्न पाइन र पुन घरमा फर्के ।
गाउकै स्कुलमा शिक्षक बने र पढाउन थाले अर्को वर्ष पाल्पा तानसेनमा चिकित्साशास्त्र अध्ययन सस्थान अन्तरगतको क्याम्पस खुल्यो म त्यहाँ भर्ना भए र पढ्न थाले । २०३४ सालको माघमा त्यहाँको पढाइ पुरा भयो र पुन काठमाडौँ गएर स्वास्थ्य सेवा विभागबाट नियुक्ती लिएर पितौजिघाट हेल्थ पोस्ट नवलपरासीमा गए र त्यहाँ जागिरे भै काम गर्न थाले । ममा बामपन्थी बिचारको प्रभाव धेरै थोरै गाउँबाट नै परेको थियो । मैले किमइल सुगको जुछे बिचार र माओत्सेतुंगको रेड बुककोे अध्ययन गरेको थिए र पाल्पा क्याम्पसमा पनि केहि छलफल हुन्थ्यो । त्यहि कुराको भेउपाएर हुन सक्छ हिरा शर्माले गोपाल शाक्य अर्थात बिक्रम थापालाई लिएर मसँग भेट गर्न आउनुभयो ।
त्यतिबेला म २३ वर्षको कलिलो केटो दिमाग त एक किसिमले काँचो माटो सरहनै थियो । मेरा अनगिन्ती सपनाहरु एमबिबिएस पुरा गर्ने धोको र आसा र अपेक्षाहरु यहि बेला देखिनै कम्युनिस्ट बिचारले चकनाचुर बनाउँदै लग्यो । २०३६ सालमामलाई नेकपामालेको संगठित सदस्यता प्रदान गरियो कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नु त्यतिबेला ठुलो गौरवको रुपमा लिइन्थ्यो मलाई त्यस्तै गराइयो । मलाई क्रान्ती र परिवर्तनको भुतले सर्लक्कै निल्यो । आफनो परिवार आफ्नो भविष्य साथै पढाई आदि सबै नै मेरो दिमागलाई सोच्नै नपर्ने बनाइयो । यहाँ पार्टीको रुपमा आएका साथीहरु कसैले पनि मेरो अभिभावकत्वको भुमिका खेलेनन् । मलाई जागिर नछाड चिकित्सा बिज्ञानमा धेरै भन्दा धेरै पढनु पर्छ र देश जनता र पार्टीलाई नै सेवा हुन्छ भनेर कसैले पनि प्रोत्साहन गरेनन् । मत टाप कसेको घोडा भैसकेको थिए । २०३७ सालमा जागीर छाडी पुर्णकालीन बनाएर । नवलपरासीको सर्दि भन्ने गाउमा लगियो । म त्यहाँ गए र गोप्य रुपमा एकजना किसान साथीको घरमा बसेर स्वास्थ्यकर्मीको बहनामा पार्टीको काम गर्न थाले । यहि बिचमा घरमा दुखद घटना घटेको खबर कार्यक्षेत्रमै आयो । मेरो बाबाको मृत्यु भयो कयौ दिनसम्म मेरो यादमा छटपटाउदै बाबाले मृत्युबरण गर्नुभएछ । ५ दिनमा एकजना गाउँकै दाई मलाई खोज्दै सम्पर्कमा आउनभयो र म काजकृयाको लागि घरमा गए । मैले यहि राजनीतिको कारणले गर्दा पाँच वर्षदेखि बाबालाई देख्ननै पाएको थिइन । अन्त्यमा बुबालाई गुमाउनु पर्यो । मेरो जीवनको यो कठोर यात्राको मुल्यांकन अहिलेसम्म भएको छैन ।
२०३८ सालमा नेकपा माले भित्र गोपाल शाक्यले पार्टीको मार्गदर्शक सिद्धान्त तथा कार्यनीतिक र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन को बारेमा गम्भीर मतभेद राख्नु भयो । पाल्पा जिल्ला कमिटीका हामी बिस्णु पौडेल, म र शान्तामानबी समक्षबिबादको सबिस्तार ब्याख्या र विष्लेषण गर्नुभयो । हामी सबै वहाँको बिचारमा सहमत भयौ । २०३९ सालको अन्त्यतिर गोपाल शाक्य र म पार्टीबाट निक्ल्यौ र बामपन्थी एकताको लागि भन्दै विभिन्न दलका नेताकार्यकर्ताहरुलाई भेटने अभियाननै चलायौ । यसरी म दुई वर्षमै विवादको भुमरिमा परे । २०४० साल बैशाख १ गते बामपन्थी एकताको लागिभन्दै संयुक्त बक्तब्यजारी गरयौ । जसमा स्वतत्र रहेका अन्य बामपन्थी साथीहरुको पनि सम्लग्नता थियो ।
जीवनले अर्कैमोड लियो तर पनि बामपन्थी आदर्श र ह्याङ ओभरले मलाई छाडेन । २०४० को अन्त्यमा पोखराको एकजना बामपन्थी नेताको बैनीसँग राजनीतिक विवाह भयो । आदर्शले मलाई यस्तो बनायो कि विवाहको दिनपनि म झुत्रो झाम्रो तरिकालनै उपस्थित भए मलाई यस्तो नगरौ भनेर कसैले भनेनन् । न राजनीतिक सहकर्मीले न घरपरिवार बाटनै जेहोस् विवाह सम्पन्न भयो । म पुन स्वाथ्य मन्त्रालयमा नियुक्त लिन काठमाडौँ गए र जागिर शुरु गरे । यहि बिचमा नेकपा माले २०४४ सालमा हामीले राखेका बिबादहरुको समाधान गर्यो । फेरी हामीहरु पर्टीमै समाहित भयौ । म ललितपुर हुँदै २०४६ देखि भक्तपुर जिल्ला संगठन कमिटीमा रहेर पार्टी काम गर्न थाले । जागिर पनि राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमै सरुवा भयो । समय बित्तै गयो २०५४, २०५५ सालमा म माथी नेकपा एमालेबाट अर्को ठुलो धोका भयो । त्यतिबेला पार्टीमा राजेन्द्रमान श्रेष्ठ सचिव र म उपसचिव थियौं ।
स्थानीयतहको चुनाव मध्यपुर ठिमी नपामा मलाई उपमेयरको रुपमा प्रस्तुत गरियो जागिरबाट राजिनामा दिनुपर्ने कुरा भयो । जागीर मात्र १० वर्ष भएको थियो इन्चार्ज सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो । राजीनामा दिन लगाइयो तर उपमेयरको टिकट पनि पाइन कम्युनिस्ट पार्टीबाट मलाई अर्को ठुलो धोका भयो । यो उमेरमा मैले घरमै बसेर सरकारको पेनसन सुबिधा पाउथे । त्यसबाट पनि म बन्चित भएँ । यतिमात्र हैन म क्षयरोग केन्द्रमा काम गरिरहेको बेलामा मलाई डब्लुएचओको तीन महिने अब्जरभेसन तालीममा ब्यंगलोरमा छनौट गरियो । यो त कम्युनिस्ट हो भनेर एयरपोर्टबाट फिर्ता गरियो । यि सबै घटनाहरु राजनीतिकै कारणले भए । तर यसको कुनै मुल्यांकन भएन एमालेको कयौ पटक सरकार बन्यो । सहकर्मी साथीहरु मन्त्री बने तर म उनीहरुको भाइभतिजा, सालो, भिनाजु, ज्वाई परिन र मैले बृबकेस बुझाउन सकिन र म सुबिधाबाट बन्चित छु । मैले ६८ वर्षमा दौडिरहेको छु र मैले मुलुक समाजवादको दिसामा अगाडी बढोस् भन्ने चाहन्थे तर सबै राजनीतिक दलभित्र दलालपुँजिवादीहरु बिचौलियाहरु र कमिसनखोरहरुले पकड जमाएका छन् । त्यसैले अब यो नेत्रृत्वबाट मुलुकको विकास र संमृद्धिको धेरै आसा गर्नु ब्यर्थ लाग्न थाल्यो ।
नरेस्वर ज्ञवाली
बानेश्वर ३१ काठमाडौँ ।