नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, १० मंसिर । नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

आइतबार एक सूचना जारी गर्दै परिषद्ले नतिजा प्रकाशित गरिएको जानकारी दिएको हो ।  यसको विस्तृत नतिजा परिषद्को वेबसाइट र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा हेर्न सकिने जनाइएको छ । 

साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउनेछन् भने उत्तीर्ण भएका परीक्षार्थीहरूले अनलाइन लगइन  गरी रु १२०० खल्तीमार्फत भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र