देशभर दैनिक एक हजार २०० युनिट रगत माग

काठमाडौँ, १० मंसिर । देशभर दैनिक एक हजार २०० युनिट रगत माग हुने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

काठमाडौँमा मात्रै दैनिक ३५० युनिट माग हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग भइरहेको छ । देशभर वार्षिक साढे चार लाख जनसंख्यालाई रगत आवश्यक पर्ने उनको भनाइ छ ।

माग हुनेमध्ये ८५ प्रतिशत रगत विभिन्न शिविरहरूमार्फत आपूर्ति र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरूमा नै आएर दान गर्नेहरूबाट संकलन गर्नुपर्ने अवस्था रहेको निर्देशक पौडेलले बताए । अहिले माग भएअनुसार रगतका लागि रक्तदाताको संख्या पर्याप्त नभएको पौडलको भनाइ छ । “नेपालमा कुल जनसंख्याको लगभग दुई प्रतिशत दाताको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशतमात्रै पुगेको छ, सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता छ,” पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्