नेपालमा अझै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालय अभाव

काठमाडौँ, ३ मंसिर । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ ।

हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र सङ्घले विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने राखेको छ ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ । तर अझै पनि झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालयको अभाव छ । सबै जनसङ्ख्यामा शौचालयको पहुँच पुर्याइ फोहरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुलाठाउँमा दिसा.पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

खुला ठाउँमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गइ आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान