भूकम्पबाट घाइतेको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ, १९ कार्तिक । सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए ।

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद