चिसो बढे पनि डेंगुको जोखिम कायमै

काठमाडौँ, १९ कार्तिक । यो वर्ष अक्टोबर अन्तिमसम्म डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । जाडोयाम सुरु भएपनि डेंगुको जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् । गतवर्ष सन् २०२२ मा कुनैपनि महिनामा डेंगी शून्यमा झरेको थिएन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १ नोभेम्बरसम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् । डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

जुलाईयता उच्च बनेको डेंगी संक्रमण नोभेम्बर मध्यसम्म बढ्नसक्ने ईडीसीडीको आँकलन छ । यसअघिका दुई महिनामा उच्च नभए पनि संक्रमितको संख्या थपिने देखिन्छ ।

जाडो बढ्दै गए पनि लामखुट्टेको वृद्धि विकासमा कमी नआएकाले डेंगीको जोखिम कम नभएको विज्ञहरू बताउँछन् । डेँगी ’एडीस एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिका पोथी लामखुट्टेको अन्डा ६ महिनादेखि एक वर्षसम्मपनि प्रजननयोग्य अवस्थामा रहनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि