नेपालमा डेंगु संक्रमितको संख्या ३८ हजार नाघ्यो

काठमाडौँ, २४ असोज । नेपालमा यसवर्ष डेंगु संक्रमितको संख्या ३८ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् ।

डेंगुबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९०५ जना संक्रमित भएका छन् । त्यस्तै, गण्डकीमा ६ हजार ८१८, वाग्मतीमा चार हजार ८८३, सुदूरपश्चिममा एक हजार ८०, लुम्बीनीमा ६५५ तथा मधेसमा ५९० जना संक्रमित भएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशका १२८ जना संक्रमित भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण