आतंकवादी हमलाको चपेटामा नेपाली विद्यार्थी

काठमाडौँ, २२ असोज  । नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् ।

उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् । ‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको सेडोट सहरमा गराएको विस्फोट र आक्रमणमा त्यहाँ रहेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका विद्यार्थी पनि परेका हुन् । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका ४९ जना विद्यार्थीलाई त्यहाँको सेडोट नेगेभ कलेजले विभिन्न ६ वटा कृषि फार्ममा काममा लगाएको थियो ।

उनीहरूमध्ये ११ जना डेभिडियन कृषि फार्म, नौजना बेनी अमर कृषि फार्म, चारजना काडोस फार्म, चारजना रचमिन मुगरबी फार्म र तीनजना सोरासिम कृषि फार्ममा कार्यरत रहेका बेला हमासको आक्रमणमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः