इजरालयमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग एमालेको माग

काठमाडौँ, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले इजरालयमा रहेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएर मात्र नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सिधा सम्पर्क गरेर नेपालीको विषयमा छलफल गर्नुपर्ने माग गरे । सांसद गिरीले अहिले यूएन महासभाका कतिपय बैठकहरु चलिरहेको भन्दै त्यी बैठकमा पनि नेपाली प्रतिनिधिहरुले बैठकको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे । साथै, प्लेन चार्टर गरेर भए पनि नेपालीहरुको उद्धार हुनुपर्ने धारणा उनको थियो ।

“सरकारलाई आग्रह गर्न चाहन्छु, यति ठूलो विपत्ति आइलागेको छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन । यो मुलुकमा सरकार छ, राज्य छ भने यसमा एउटा विज्ञप्ति जारी गरेर, सदनमा विवरण दिएर मात्र हुँदैन, प्रमले नेतान्याहुलाई फोन गरेर भन्नुपर्यो, सिधा छलफल गर्नुपर्छ भन्ने ठान्छु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर