हवाई टिकटको मुल्यवृद्धि तुरुन्तै फिर्ता लिनुपर्छ: सांसद बराल

काठमाडौँ, २१ असोज । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद सुनिता बरालले हवाई टिकटमा भएको मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्नै सांसद बरालले हवाई टिकटमा मुल्यवृद्धि गरी पर्यटन क्षेत्रलाई तहसनहस बनाउने खेल गरेको भन्दै आपत्ती जनाउनुभयो । सरकारले केही समय अघि हवाई टिकटमा १३ प्रतिशत मुल्यवृद्धि गरेको थियो । सोही प्रसंगमा उहाँले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरा पहिलो गन्तव्य बनाएर आउछन, तर चार घण्टाको अनुमान गरेर तय गरीएको यात्रा करिव ९/१० घण्टा लाग्ने अवस्था छ । यस्तै खालका सडकका समस्याहरु अन्य धेरै ठाउँमा पनि छन् । आज पर्यटक क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा वृद्धि गरेको छ, यो कहि नभएको हवाई टिकटमा मुल्य वृद्धि गर्ने कुरालाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटकीय क्षेत्रलाई समृद्धिको आधार निर्माण गर्ने कुरामा थप सचेत हुनुपर्छ । संगसंगै सहज चाडपर्व मनाउनका लागी सडक संजालमा सुरक्षित यात्राको प्रवद्र्धन नेपाल सरकारले सवै सडक संजालहरुलाई सुरक्षित बनाउने र यातायातका साधनहरुको प्रयोग गर्दा सचेतता अपनाउनका लागी सम्बन्धित सवै सरोकारवाला पक्षलाई निर्देशन दिइयोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको