श्रीमान श्रीमती मृत अवस्थामा फेला

दाङ, २० असोज । दाङमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भइ अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र उनकी २१ वर्षीया श्रीमती पवित्रा डाँगी भण्डारी मृत फेला परेका हुन् ।

आज बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवैजना मृत फेला परेका हुन् । श्रीमान पङ्खामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सुशीलले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार पवित्राको शरीरमा चोट देखिए पनि धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्