डोटी, ११ असोज । जिल्लाको सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको हो । सिलगढीमा वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए । पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उनको सुझाव छ ।





