नेपालमा डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौँ, ५ असोज । नेपालमा डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २८ हजार ९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।

सुनसरीमा १५ हजार ९०७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो धादिङ जिल्लामा २ हजार ९९२  सङ्क्रमित भएका छन् । मोरङमा २ दुई हजार २६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, क्रमशः १ हजार ३९४ झापा, ५१७ काठमाडौँ, ४३३ सङ्खुवासभा, ४०३ धनकुटा, ३३९कैलाली, ३३१ धनुषा, र ३०२ तनहुँमा सङ्क्रमित रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक