मन्त्री बस्नेतद्वारा उपचारका लागि संकलित रुपैयाँ बिरामीलाई हस्तान्तरण

काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ नारायणथानका तेम्बाछिरिङ  शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैयाँ बिरामीलाई हस्तान्तरण गरेका छन् ।

स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा संघमा आयोजना गरिएको भेलामा स्वास्थ्य मन्त्री बस्नेतले अमेरिका, कोरिया, जापान लगायतका देशमा कार्यरत सिन्धोपाल्चोकवासीबाट संकलन गरिएको ११ लाख ८६ हजार तथा स्थानीयवासीबाट संकलित ४० हजार बिरामीलाई हस्तान्तरण गरेका हुन । सोही अवसरमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपत्कालिन कोषबाट तेम्बाछिरिङको उपचारका लागि थप एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए । भोटेकोशी गाउँ कार्यपालिकामा कार्यरत शेर्पाको दुवै मिर्गौला फेल भएपछि अहिले डायलासिस गराइरहेका छन् । घरमा कमाउने उनी मात्र रहेकोमा परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको छिमेकीहरु बताउँछन् ।

त्यसैगरी, स्वास्थ्य मन्त्री बस्नेतले दुईवटै मिर्गौला फेल भएर डायलासिस गराइरहेका भोटेकोशीकै ज्ञानबहादुर श्रेष्ठको निवास रामकोट पुगेर उनलाई पनि उपचारका लागि संकलन गरिएको ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । सोही अवसरमा  भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपत्कालीन कोषबाट ज्ञानबहादुरको उपचारका लागि पनि थप एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए । 

उपचार रकम हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपचारका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै मिर्गौला दान दिने मान्छे भए प्रत्यारोपणका लागि चिन्ता गर्नुपर्ने विषय नभएको बताए । मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क भएकाले त्यसको व्यवस्था आफूले मिलाउने बस्नेतले आश्वासन दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार