राष्ट्रवादी सोचका कारण नेम्वाङमा देशप्रतिको असाधारण निष्ठा थियो: अध्यक्ष ओली

काठमाडौँ, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले चौतर्फी दवावकाबीच पनि संविधान जारी गर्न सफल भएको बताएका छन् । नेम्वाङको सोही राष्ट्रवादी सोचका कारण नेम्वाङमा देशप्रतिको असाधारण निष्ठा रहको अध्यक्ष ओलीको भनाइ छ । 

मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेम्वाङको लामो राजनीतिक इतिहासमा कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदम नचालेको भन्दै उहाँबाट नेपाली राजनीतिले धेरै कुरा सिक्नुपर्ने बताए । ‘उहाँ वेइमान हुनुभएन, मिठो बोल्ने भन्दा पनि देशप्रति असाधारण निष्ठा थियो । देशहित विपरीतका कहिल्यै कुनै कदम चाल्नुभएन’, ओलीले भने, ‘असामूहिक, असान्दर्भिक र स्वार्थी कदमहरु कहिल्यै चाल्दै चाल्नुभएन ।’

उनले नेम्वाङले संविधान निर्माण र जारी गर्न प्रभावकारी र अभिभावकीय भुमिका निर्वाह गरेकै कारण संविधान जारी हुन सकेको बताए । उनले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादव र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाजीलाई संविधान जारी नगर्न दबाब दिएको बताए ।  ‘२०७२ साल असोज ३ गते संविधान जारी गर्ने बेलामा कृष्णप्रसाद सिटौलाजीलाई पनि ठुलो दबाब थियो’, उनले भने, ‘कांग्रेसका नेता मार्फत मस्यौदा नबुझाऊ भनेर ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका