राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्छः अध्यक्ष ओली 

काठमाडौँ, १ असोज ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुद्रा बलियो बनाउन अर्थतन्त्र बलियो बनाउनुपर्ने वताउनुभएको छ । 

एमालेको परराष्ट्र मामिला विभागले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको समसामयिक अन्तर्राष्ट्रिय विषयमा प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्ने वताउनुभयो । 

उहाँले भन्नुभयो– ‘व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनुपर्छ, त्यसका लागि काफी मात्रामा उत्पादन बढाउनुपर्छ । निर्यात बढाउनुका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आधारभूत कुरामा आत्मनिर्भर हुनुपर्छ । उपभोग गर्नुपर्ने वस्तु किन्न नपर्ने गरी उत्पादन गर्नुपर्छ । शिक्षाका नाममा अर्बौं रुपियाँ बाहिरिएको आधिकारिक तथ्याङ्क र अनौपचारिक माध्यमबाट त्यो भन्दा ठूलो रकम विदेशिएको सन्दर्भमा अध्यक्ष ओलीले ‘देशमा स्कुल नै खोल्न नदिएर (चिकित्सा शिक्षा) शिक्षाका लागि विदेश पठाउने बाध्यता सिर्जना गर्नु देशद्रोही क्रियाकलाप हो’ भन्नुभयो । 

देशमा पढ्ने, रोजगारी पाउने, बस्ने वातावरण नै छैन जस्तो गरी विदेश जाने क्रम चलिरहेको र यो परिचालित र योजनावद्ध ढङ्गले भइरहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले हाम्रोजस्तो देशले विश्व प्रतिस्पर्धालाई हेरेर आफ्नो सुरक्षामा ध्यान पुर्याउनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय