भोलि काठमाडौँ महानगरमा शोक बिदा

काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

काठमाडौँ महानगरपालिका-१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।  

वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ७:३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रिजाललाई डेंगीसमेत लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार