पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ, २१ भदौ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ ।

सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दिन लागेको हो । खोप कार्यक्रम आउँदो असोज २७ गतेदेखि सुरु गरिनेछ । सातै प्रदेशका एक/एक सरकारी अस्पतालबाट खोप दिइनेछ । पहिलो चरणमा नौ हजार ५०० किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ ।

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनुर्छ । खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पतालमा जानुपर्छ । खोपको डोज पूरा गरेकाहरूमा एचपीभीका कारण हुने संक्रमणबाट जोगिने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ