परिसूचक नेप्से २९ अंकले घट्यो

काठमाडौँ, २१ भदौ । आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेर बन्द भएको छ ।

सबै समूह घटेसँगै परिसूचक २८.९२ अंकले घटेको छ । परिसूचक १९३२.४५ विन्दुमा बन्द भएको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक २.५२ प्रतिशतले घटेको छ ।

यस दिन एक अर्ब १५ करोड रूपैयाँको सेयर कारोबार भएको छ । आज दिनभरिनै नेप्से ओरालो लागेको थियो । घटेको बजारमा सर्वाधिक कमाउनेमा शुभम् पावर लिमिटेड रहेको छ । यो समूहको परिसूचक १० प्रतिशत अर्थात ६२ रुपैयाँ ८० पैसा वृद्धि भएर प्रतिकित्ता ६९१ रुपैयाँमा कारोबार भएको छ ।

बाराही हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७१ प्रतिशतले घटेर ३१६ रुपैयाँमा करोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये लिवर्टी इनर्जी कम्पनीको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो कम्पनीको ६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२७६ धितोपत्रको ३७ लाख ६९ हजार ३३ कित्ता खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका