‘लैंगिक तथा यौनिक अल्पसंख्यकको वैवाहिक सम्बन्धमा सर्वोच्चले पनि न्याय दिएन’

काठमाडौँ, २१ भदौ । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले आफूहरुले पनि विवाह दर्ता गर्न पाउने भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

समुदायकी अगुवा सरिता केसी र लक्ष्मी गलानले सर्वोच्च अदालतको करिब दुई महिना अघिको सो अन्तरिम आदेशले पनि आफूहरुलाई न्याय नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । आज काठमाडौँमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मितिनी नेपालका कार्यकारी निर्देशक समेत रहेकी केसीले सर्वोच्च अदालतले सो अन्तरिम आदेश कार्यान्वयन हुनै नसक्ने गरी आएको जिकिर गर्दै त्यसले पनि आफूहरुलाई न्याय नदिएको गुनासो गरिन् ।

आदेशमा कुन निकायमा गएर विवाह दर्ता गर्ने ? भन्ने नै नखुलेकाले हालसम्म कुनै पनि लंैगिक तथा यौनिक अल्पसंख्यकले गएर विवाह दर्ता गर्न नसकेको स्पष्ट पारिन् । केसीले संविधान र मानवअधिकारको दृष्टिकोणले पनि सरकारले आफूहरुलाई सहज ढंगले सो अधिकारी नदिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

लक्ष्मी गलानले आफूले २४ वर्ष जोडीको रुपमा रहँदा पनि विवाद दर्ता गर्ने अधिकार राज्यले नदिएको भन्दै आपत्ति जनाइन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले पनि आफूहरुलाई सहज ढंगले विवाह दर्ता गर्न नदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्