काठमाडौँ, १० भदौ । कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई भोलिसम्म लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी काठमाडौँ जिल्लामा १२ वर्ष माथिका उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको फाइजर खोपको अभियान सञ्चालन गरेको हो ।
भोलिसम्म सञ्चालन हुने खोप अभियानमा पहिलो, दोस्रो, मात्राको साथै पहिलो बुस्टर, दोस्रो बुस्टर, तेस्रो बुस्टर र चौथो बुस्टर दिइने मन्त्रालयले जनाएको छ ।





