टेलिकमको विभिन्न नयाँ अफर सार्वजनिक

काठमाडौँ, ३१ साउन । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरूका लागि पनि विभिन्न नयाँ अफर ल्याएको छ ।

नेपाल टेलिकमले सीडीएमएका प्रयोगकर्ता घट्दै गएको र फोरजी/एलटीईमा आकर्षित हुँदै गएको भन्दै त्यसैअनुसार कभरेज र सेवा विस्तार गरिरहेको बताएको छ ।

यसबीच टेलिकमले सीडीएमए फिक्स्ड फोन अथवा सी फोनका प्रयोगकर्ताहरूलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि नयाँ प्याकेज ल्याएको हो ।

भदौ १ देखि लागु हुने अफरमा टेलिकमले अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम गरी दुई प्याकेजमा नमस्ते वाईफाई प्रयोग गर्न सक्ने बताएको छ । अनलिमिटेड बेसिकअन्तर्गत दैनिक रूपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुन कम्पनीले जनाएको छ । यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि पाँचहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार ४९९ रुपैयाँ तोकिएको छ ।

यसको अर्धवार्षिक अवधिका लागि शुल्क चारहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ शुल्क रहेको छ । यस्तै, अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ रहेको छ । यसको अर्धवार्षिक अवधिका लागि शुल्क ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ हजार ४९९ रुपैयाँ रहेको छ ।

यी प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी/एलटीई सीपीई उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।